राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगेका छन् ।
उनी आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनले बाढीबाट प्रभावित बनेका स्थानीयसँग कुराकानी गरेका छन् । क्षतिबारे जानकारी लिएका छन् ।
इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १२:२१
प्रतिक्रिया दिनुहोस्