site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनाङमा बाढी : सयौँ घर विस्थापित, कोही कारागारमा, कोही आफन्तको शरणमा
Ghorahi CementGhorahi Cement

पोखरा । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको छ । मंगलबार बिहानैदेखि मनाङ सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँमा बाढी आएको छ ।

मर्स्र्याङदी नदीमा पानीको बहाव बढेका कारण सयौँ घर विस्थापित भएका छन् । सदरमुकाम चामे बजारका सरकारी कार्यालयदेखि, होटेल, वर्कसप सबै बगाएको छ ।

चामे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार बाढीका कारण त्यहाँका स्थानीय कोही आफन्तको शरणमा छन् त कोही जंगलमा अलपत्र परेका छन् ।

Agni Group

स्थानीय प्रशासनले जिल्ला कारागारको नवनिर्मित भवनमा बजारका बासिन्दालाई उद्धार गरेको छ । तर, यार्सागुम्बा टिप्ने सिजन पनि भएका कारण कतिपय मानिस जंगलमा नै अलपत्र परेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

त्यहाँको वस्तुस्थितिबारे उनी भन्छन्, “हामी पनि जोखिममा छौँ । चार–पाँच ठाउँमा छरिएर बसेका छौँ । नेटवर्कका कारण हाम्रो सम्बन्ध पनि अरुसँग भएको छैन । हामी बजार क्षेत्रका १०० जना कोही पिकनिक स्थलमा छौँ, कोही आफन्तकोमा छौँ । यहाँको बेलिब्रिज पुल बगाइसक्यो । जिल्ला हुलाकको कार्यालय पनि छैन । वडाध्यक्षको घर पनि बगाएको छ । सांग्रिला होटेल पनि जगैदेखि बगाएको छ । वर्कसप पनि लगेछ । अहिलेसम्म मानवीय क्षति सुन्नमा आएको छैन । हामीले अन्त सम्पर्क गर्दा पनि त्यस्तो केही आएको छैन । विदेशबाट फर्केका ३०० जनाजति छन् । अहिले यार्सागुम्बाको सिजन पनि हो । त्यसकारण कोही जंगलतिरै छन् । हामी हिजो दिउँसोदेखि बजार छाडेका हौँ । त्यहाँ खाने, बस्ने ठेगान भएन । कोही त्यहीँ बसे, हामी गाउँमा आयौँ । हामीसँग केही बूढापाका हुनुहुन्छ । मैले त आफन्तको घरमा खाएँ । आफन्त हुने त्यतै गए । तीन–चार सयजनाको टोलीलाई चाहिँ सेनाले खाना खुवाउने भनेको छ रे । विद्युत् पूर्ण रुपमा बिच्छेद छ ।”

Global Ime bank

मनाङका प्रहरी प्रमुख डीएसपी सुवा खड्काका अनुसार चामे र नासो गाउँपालिकामा गरी करिब २०० घरधुरीका झन्डै एक हजारजना मानिस विस्थापित भएका छन् ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत्गृह पनि बगाएको छ । त्यस्तै, सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पुर्‍याएको छ ।

तालगाउँका बासिन्दा आफन्तको शरणमा पुगेका छन् । कतिपयलाई अस्थायी टहरा र त्रिपालमा राखिएको छ । चामे बजारका बासिन्दा भने कारागार भवनमा छन् । उनीहरुलाई गाउँपालिका र नेपाली सेनाको समन्वयमा खाना खुवाइएको उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन । काठमाडौंबाट सेनाको रेस्क्यु टिम आउने तयारीमा रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC