site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा पोर्चुलगलको सुखद सुरुवात
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा युरोकप फुटबलको १६ औँ सस्करणमा साविकको विजेता टोली पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले हराएको हो ।

पुस्कास एरिनामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै राफेल जुरेरियोले एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

पोर्चुगलले तीन मिनेटको फरकमा तीन गोल गर्न सफल भएको हो । खेलको ८४ औँ मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको इन्यूरी समयमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।

रोनाल्डोको यो गोलसँगै उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले हालसम्म युरोकपमा ११ गोल गरेका छन् ।

त्यस्तै उनी युरोकप फुटबलमा पाँच मुख्य प्रतियोगितामा सहभागिता बनाउने खेलाडीको रेकर्ड पनि बनाएका छन् । उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले हालसम्म ११ गोल गरिसकेका छन् ।

जितसँगै पोर्चुगलले समूह एफमा १ खेलबाट तीन अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

यता हंगेरीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC