देश
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ४५ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार ३०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ९६७ जना आईसीयू तथा २८५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ १७:३५
प्रतिक्रिया दिनुहोस्