देश
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणबाट मृतयु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार २९० वटा नमुनाको परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ १७:२९
प्रतिक्रिया दिनुहोस्