site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सरकारको वैधता (कानुनी हैसियत) मा प्रश्न उठेको छ । नैतिक वैधता त संसद्को विश्वास गुमाए पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले पद त्याग नगर्दैमा समाप्त भइसकेकै हो । खोपको खरिद र वितरणमा देखाएको गैरजिम्मेवार प्रवृत्तिले भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई विवेकहीन पनि सिद्ध गरेको छ ।   

कोभिड-१९ सरकारले नै बोलाएपछि ६५ वर्षमाथिका १३ लाखभन्दा बढी ज्येष्ठ नागरिक खोप केन्द्रमा पुगेर चर्को घाममा लाममा लागेर कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए । उनीहरूलाई ८ सातापछि दिइने भनेको खोपको दोस्रो मात्रा भने हरायो ।   

कोभिसिल्ड खोप २० लाख मात्रा किन्नका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रीम भुक्तानी दिइएको बताइए पनि खोप भने १० लाख मात्रामात्र आयो । बाँकी खोप रोकिएकोमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रीपाठीले प्रधानमन्त्री ओली निकट मानिने व्यवसायीले कमिसन मागेको र आफूले दिन नमान्दा खोपको आपूर्ति हुननसकेको भन्दै लाचारी प्रकट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिपाठीले यसरी पोल खोलेको सायद प्रधानमन्त्री ओलीलाई मन परेको थिएन । हुन पनि सामाजिक सञ्जालमा त्रीपाठीको दाबीलाई सही मान्दै सरकारको विरोध गर्नेको सङ्ख्या ह्वात्तै बढेको थियो । प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमै आफ्नो असन्तुष्टि प्रकट गरे । उनले कोभिड खोपको विषयमा निजी क्षेत्रको हुर्मत लिने काम भएको कटाक्ष गरेका थिए ।

यहीमात्र कारण त नहुन पनि सक्छ तर मन्त्रिपरिषद्को हेरफेरमा प्रधानमन्त्री ओलीले त्रिपाठीलाई मन्त्रीबाट हटाए । परन्तु, खोपको खरिद र वितरणमा भने नेपाली जनताले कुनै सकारात्मक प्रगतिको भरपर्दो समाचार सुन्न पाएका छैनन् । यसबीच बरू, कतै न कतै पहुँच हुनेका लागि मापदण्ड नपुगे पनि खोप उपलब्ध भएको गाइँगुइँ जताततै सुनिएको छ । 

Global Ime bank

भारतको अनुदान, नेपालको खरिद र कोभ्याक्स सुविधा गरी २३ लाखभन्दा केही बढी मात्रा कोभिसिल्ड खोप वितरण सुरु गर्दा प्रधानमन्त्री ओलीले सबै नेपालीले ‘तीन महिनाभित्र’ खोप लगाइसक्ने उद्घोष गरेका थिए । सबैलाई खोप दिन त त्यहीअनुरूपको तयारी हुनुपर्थ्यो । प्रधानमन्त्रीको उद्घोष विनातयारी दिइएको ‘हावादारी गफ’ साबित भयो ।

सबैले खोप पाउने भएर हर्षित नेपालीमध्ये १३ लाखभन्दा बढी ज्येष्ठ नागरिक भने एक मात्रा लगाएपछि त्यसको म्यादभित्र अर्को मात्रा खोप नपाउँदा बिलखबन्दमा परेका छन् । अर्को मात्रा सुनिश्चित नगरी ज्येष्ठ नागरिकलाई किन खोप लिन लगाएको भन्ने प्रश्नको उत्तर सम्बन्धित अधिकारीले जनतालाई दिनुपर्छ । 

ज्येष्ठ नागरिकको भागको खोप सबै ६५ वर्षमाथिकालाई दिएर सकिएको नभएर पहुँचवालाहरूले जताततै ‘विराटनगर काण्ड’ मच्चाएकाले अभाव भएको हो भन्ने छाप जनमानसमा परेको छ । सायद, यही सत्य हो । र, यो सरकारले ज्येष्ठ नागरिकविरुद्ध गरेको क्रूरतम उपहास पनि हो । 

सरकारले ज्येष्ठ नागरिकलाई दुईवटा प्रश्नको स्पष्ट उत्तर दिनुपर्छ - पहिलो, अहिलेसम्म कोभिसिल्ड खोप  लगाउनेहरूको मात्रा, उमेर र ठेगाना तथा अर्को, १६ सातासम्म कोभिसिल्डको अर्को मात्रा नपाउनेहरुका लागि के व्यवस्था हुन्छर ? मात्रा पूरा नभएमा कुनै प्रतिप्रभाव पर्छ कि पर्दैन ? अर्कै खोपको दोस्रो मात्रा लगाउने वा पहिलो मात्राबाट सुरु गर्ने ?

सरकारले ज्येष्ठ नागरिकलाई दिएको धोका एक प्रकारको दुर्व्यवहार नै हो । प्रधानमन्त्री ओलीलाई त यसमा पछुतो पनि के होला र तर कसै न कसैलाई त पक्कै यसमा ग्लानि भएकै हुनुपर्छ । सायद, नेपालमा आएको कोभिसिल्डकै पनि म्याद छिटै सकिनेछ । यसैले जे जति खोप बाँकी छ त्यसको सदुपयोग गर्न प्राथमिकता दिनुपर्छ । 

ज्येष्ठ नागरिकमा पनि ८० काटेकालाई दिने कि ७० माथिकालाई पनि पुग्छ कि रु खोप कहाँ कति छ हिसाब गरेर सरकारले तत्काल पारदर्शी तालिका तयार गरोस् । संघले बेवास्ता गरे प्रदेश सरकारहरूले घचघच्याउन् र अग्रसरता देखाऊन् । तर, खोप खेर जाने ज्येष्ठ नागरिकले नपाउने नहोस् !

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC