site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नारायणकाजीको आरोप– निर्वाचन आयोग सरकारको कठपुतली बन्यो 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग 'सरकारको कठपुतली' बनेको आरोप लगाएका छन् ।

उनले मंगलबार ट्विट गर्दै संवैधानिक अयोगले लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप पनि लगाएका छन् । उनले तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोरिएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,” उनले भनेका छन् ।

राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको गलत कार्यलाई समयमै रोक्नुपर्ने उनको सुझाव छ ।

Global Ime bank

गएको आइतबार आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर समूह र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकार्कालाई गरेको कारबाही अध्यावधिक गर्न अस्वीकार गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC