site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जी–सेभेनलाई चीनको सन्देश : एउटा सानो समूहले पूरै विश्वमा शासन चलाउने दिन गए 
Sarbottam CementSarbottam Cement

बीबीसी । हाल जारी जी–सेभेन सम्मेलनका नेताहरुलाई चेतावनी दिँदै चीनले सानो समूहका मुलुकहरुले पूरै दुनियाँको भविष्य निर्धारण गर्ने दिन गइसकेको बताएको छ । लन्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले इङ्ल्यान्डमा भइरहेको जी सेभेन बैठकका नेताहरुलाई यस्तो भनेका हुन् जो यतिबेला चीनविरुद्ध एकजुट भएर लाग्ने प्रतिबद्धता जनाइरहेका छन् । 

आइतबारको छलफलमा जी–सेभेनका नेताहरुले विकासोन्मुख देशहरुलाई चिनियाँ कार्यक्रमको विकल्प स्वरुप आफूहरुले प्रभावकारी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । विपन्न मुलुकहरुलाई चीनको भार पर्न नदिन र यसको अपारदर्शी प्रभावबाट जोगाउन उपयुक्त कदम आवश्यक रहेकाबारे उनीहरुले विस्तृतमा कुराकानी गरेका छन् । यसैको प्रतिक्रियामा चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, “हामी सधैँ यस कुरामा विश्वास गर्दछौँ कि कुनै पनि देश सानो होस् या ठूलो, धनी होस् या गरिब, शक्तिशाली होस् या कमजोर सबै एकसमान हुन् । त्यसैले सबै मुलुकसँग विस्तृतमा छलफल गरि मात्र काम अघि बढाउनुपर्छ । एउटा सानो समूहले पूरै दुनियाँको भविष्य निर्धारण गर्ने प्रवृत्ति पुरानो भइसक्यो । ”

Prabhu Bank
Agni Group
NIC Asia

जी–सेभेन विश्वका सात सबैभन्दा धनी लोकतान्त्रिक देशहरुको समूह हो । यस्तोमा उनीहरुले विकासोन्मुख मुलुकहरु सामु उच्च स्तरको र पारदर्शी संरचना योजना अन्र्तगतका प्रस्तावहरु ल्याउने बताएका छन् । 

तर, अझैपनि जी सेभेन राष्ट्रहरुमा ‘चीन’ सबैको पार्टनर हो अथवा प्रतिस्पर्धी हो की सुरक्षाका हिसाबले खतरा हो भन्नेमा सहमति हुन नसकेको बताइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC