site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकाको निषेधाज्ञा पूर्ण रूपले कहिले हट्ला ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समयवधी सोमबार राति १२ बजे सकिँदैछ । निरन्तरको निषेधाज्ञा असार १ गते (भोलि) देखि हट्ने आम नागरिकको अपेक्षा थियो । तर, आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीेले फेरि एकसाता थप गरी असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइदिए । 

उपत्यकामा पछिल्लो संक्रमणदर हेर्ने हो भने दैनिक ६ सयको हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन् । संक्रमणको दरमा कमी आएपछि निषेधाज्ञा खुल्ने आम अपेक्षा थियो ।

जिल्ला प्रशासन र गृह लगायतका सरोकारवालाहरूबीच उपत्यकामा सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल हुँदै आएको थियो । तर शुक्रबारको डिसीसीएमसीको बैठकले एकसातासम्म जोरबिजोर लागु नगर्न सुझाब दिएको थियो । त्यसै अनुरूप प्रशासन जोरबिजोर प्रणाली लागु गर्नबाट पछि हट्यो ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासनकाअनुसार संक्रमण फैलनसक्ने जोखिम कायमै रहेकाले एकसाता थप निषेधाज्ञा थप्नुपरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर १० प्रतिशतमा आएपछि मात्रै निषेधाज्ञा खोल्न मिल्ने बताइरहेको छ । यसबारे मन्त्रालयले अधिकारीहरूले निरन्तर छलफल गरिहेको बताइरहेका छन् । तर, अझै पनि गृह मन्त्रालय, प्रशासन र स्वास्थ्य मन्त्रालयका अधिकारीहरू निषेधाज्ञा कहिले खुलाउने भन्नेबारे टुंगोमा पुग्न सकिरहेका छैनन् । 

Global Ime bank

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली कोरोना संक्रमण रोकथाम गर्न निषेधाज्ञालाई नै प्राथमिकतामा राखेको बताउँछन् । अझै पनि बढी भिडभाड हुने क्षेत्र सार्वजनिक यातायात, विद्यालय, पार्टिप्यालेस लगायतका क्षेत्रहरू खुलाउने अवस्था नआइसकेको उनको भनाइ छ । 

उनकाअनुसार असार ७ गतेपछिको निषेधाज्ञा के हुन्छ भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन । ‘‘पछिल्लो साता थप गरेको निषेधाज्ञा बल्ल भोलिदेखि लागु हुँदैछ ।  निषेधाज्ञा मोडालिटी केही खुकुलो बनाइएको छ । अब निषेधाज्ञा सकिएको दुईदिन अघि वा एकदिन अघि संक्रमणदरको समीक्षा गरिने छ । अहिले मर्निङवाक जान, बैंकहरू खुलाउने निर्णय गरेका छौँ । यो साता अलि भिडभाड धेरै होला । त्यसैबीच संक्रमणदरमा सुधार आए त्यही अनुसारको निर्णय हुनेछ,” पराजुलीले भने ।

कोरोनाको दैनिक संक्रमणदर घट्दै गएमा चरणबद्ध रूपमा खुकुलो बनाउँदै जनजीवन सहज बनाउँदै अघि बढ्ने योजना रहेको उनको भनाइ छ ।

‘‘अहिले काठमाडौं उपत्यकाको संक्रमणदरको समिक्षा गर्दै निषेधाज्ञा नहटाइ खुकुलो मात्रै गरिएको छ । निषेधाज्ञा खुकुलो भयो भन्दैमा निषेधाज्ञा बेवास्ता गर्दै हिँडडुल गरिहाल्नुपर्ने अवस्था आएको छैन् । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी छ,” उनले भने ।

निषेधाज्ञा हटाउने र थप्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । डेढ महिनादेखिको निषेधाज्ञाले दैनिक ज्याला गरेर खाने मजदुर, यातायात व्यवसायी, न्यून आयस्रोत भएमा नागरिकलाई बढी पीडा दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC