राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास पुगेका छन् ।
नेता नेपाललाई भेट्न महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा कोटेश्वर पुगेको स्रोतले जानकारी दियो ।
नेकपा एमालेभित्र एकताका लागि दबाब बढिरहेका बेला आफूलाई समर्थन गरेका नेता नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन् ।
यसअघि नेता नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८ १८:३०
प्रतिक्रिया दिनुहोस्