site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्च अदालतद्वारा गण्डकीका राजमो सांसद कृष्ण थापाको पद खारेज
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च अदालतले पार्टीको कारबाहीमा परेका राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाको पद खारेज गरेको छ । राजमोले सांसद पदबाट हटाएका थापाको पद सर्वोच्चले अन्तरिम आदेशमार्फत जेठ २३ गते थमौती गरिदिएको थियो । तर, आज सर्वोच्चले परिस्थितिमा परिवर्तन भई थापा सांसद पदबाट हटिसकेको अवस्थामा अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने कारण नदेखिएको भन्दै थापाको पद खारेज गरिदिएको हो ।

आदेशमा भनिएको छ, “यस अदालतबाट जारी भएको अन्तरिम आदेश पश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभाबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी यस अदालतबाट मिति २०७८/०२/२३ मा अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र औचित्यता रहिरहेको नदेखिदा सो मिति २०७८०२.२३मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपरी सर्वोच्च अदालत नियमावली २०७४(७) बमोजिम खारेज गरिएको छ ।”

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC