site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झलनाथ खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारियो, अक्सिजन सपोर्टमा राखेर उपचार जारी
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । उनको हाल वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।  

खनालको अवस्था हाल सामान्य रहेको र उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ ।

Agni Group

उपचारमा संलग्न चिकित्सकहरूकाअनुसार उनकाे लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । 

नेता खनाललाई ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC