site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्रीकप सकिएको ६ महिना बितिसक्दा पनि खेलाडीले पाएनन् पुरस्कार रकम  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजना भएको प्रधानमन्त्री कप महिला तथा पुरुष क्रिकेट र काठमाडौं पुरुष मेयर कप र ललितपुर मेयर कपको पुरस्कार पाउन सकेका छैनन् । प्रतियोगिता सकिएको लामो समय वितिसक्दा पनि खेलाडीले पुरस्कार रकम पाउन सकेका छैनन् । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता मंसिर १८ गते देखि २६ गतेसम्म दाङको देउखुरी क्रिकेट मैदानमा चलेको थियो ।
 
जसमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई हराउँदै उपाधि उचालेको थियो । प्रदेश १ ले एपीएफमाथि ऐतिहासिक जित निकालेको हो । प्रदेश १ को घरेलु क्रिकेटमा पहिलो उपाधि पनि हो ।
 
उपाधि उचाल्दा प्रदेश १ ले पाँच लाख पाउँदा दोस्रो भएको टोली एपीएफले ३ लाख पाउने तय थियो । महिला प्रधानमन्त्री कप क्रिकेट सम्पन्न भएको अहिले ६ महिना पुगिसक्यो । तर, पनि खेलाडीहरुले हालसम्म पुरस्कार पाउन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा क्यानले प्रतियोगिताको अयोजना गरेको थियो ।
 
जुन प्रतियोगितामा राखेप सदस्य–सचिव रमेश सिलवाल प्रमुख अथिति थिए । प्रतियोगिताको समापन पछि सदस्य–सचिव सिलवालले पैसाको अभावका कारण खेलाडीहरु खेलदेखि डराउनु पर्ने अवस्था नआउने बताएका थिए । आर्थिक अभाव भएमा राखेपले नेपाली महिला क्रिकेटमा लगानी गर्ने बाटोको विकास पनि गर्ने बताएका थिए । उनले भनेका थिए, “नेपाली महिला क्रिकेटमा धेरै सम्भावना छ । आर्थिक अभावका कारण खेलाडीहरु डराउनु पर्ने अवस्था आउँदैन ।” सदस्य–सचिवलै नै आशा देखाएको कुरामा हालसम्म खेलाडीले पुरस्कार पाउन भने सकेका छैनन् । 

त्यसपछि माघ २ गतेदेखि १७ गतेसम्म राजधानीमा प्रधानमन्त्री कप पुरुष क्रिकेट आयोजना भएको थियो । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विभागीय टोली एपीएफलाई हराउँदै उपाधि उचालेको थियो । उपाधि विजेता आर्मीले १० लाख पाउँदा उप–विजेता टोली एपीएफले ५ लाख पाउने तय थियो । हाल उक्त प्रतियोगिता सम्पन्न भएको पाँच महिना पुग्न लाग्यो । प्रतियोगिता सम्पन्न भएको लामो समय पुग्दा पनि हालसम्म खेलाडीले पुरस्कार पाउन सकेका छैनन् । यो प्रतियोगितामा खेलकुद मन्त्री र सदस्य–सचिव उपस्थित थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि काठमाडौं महानगरपलिका क्रिकेटसँग जोडिन पुग्यो । महानगरले आफ्नो सहयोगमा क्यानलाई क्रिकेट प्रतियोगिताको योजना गर्न लगायो । पुरुष क्रिकेट आयोजनामा सहयोग गर्ने जिम्मेवारी लिएको महानरगरले क्यानलाई ५० लाख रुपैयाँ सहयोग गर्यो । उक्त सहयोगमा क्यानले फागुन १९ देखि २६ गतेसम्म काठमाडौं मेयर कप क्रिकेटको आयोजना गर्यो । उक्त प्रतियोगिताको फाइनल खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि उचाल्यो । 

प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने छ । त्यस्तै उप–विजेताले ५ लाख । काठमाडौं महानगरपालिकाका मेयर विधा सुन्दर शाक्यले प्रतियोगिताको पुरस्कार दिँदै गर्दा आफूहरुले नेपाली खेलकुद क्षेत्रमा खेलाडीहरुले पनि केही गरुन् भन्ने हिसावले सहयोग गरेको बताए । उनले खेलाडीलाई यो किसिमको प्रतियोगिताले आर्थिक अभाव हुनबाट जोगाउने बताए । तर, खेलडीले उक्त प्रतियोगिताको पनि हालसम्म पुरस्कार पाएका छैनन् ।
 
त्यसैको केही सयम पछि ललितपुर महानगरपालिका पनि क्रिकेटसँग जोडियो । महानगरले ३० लाख सहयोग गर्दै क्यानलाई प्रतियोगिता गर्न जिम्मेवारी दियोे । उक्त प्रतियोगितामा प्रदेश १ लाई हराउँदै एपीएफले उपाधि उचाल्यो । 

Global Ime bank

ललितपुर महानगरका मेयर चिरिबावु महर्जनले उक्त प्रतिगिताको पुरस्कार वितरण सभाममा आफूहरुको पहिलो प्रयास भएको हुनाले आगामी संस्करणहरुमा पुरस्कार बढाउँदै जाने बताएका थिए । तर, ललितपुर महानगरले हालसम्म पुरस्कार रकम दिएको छैन ।

यसविषयमा क्यानले भने आफूहरुले सबै कागजपत्र राखेप र महानगरपालिकाहरुमा पुर्याइसकेको बताएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले आफूहरुले सबै कागजपत्र पुयाईसके पनि दुबै पक्षबाट ढिलाई भएको बताएका छन् । उनले अबको केही दिनमा नै खेलाडीले पुरस्कार पाउने बताए । 

“हामीले कागजपत्र सबै बुझाइ सकेका छौं । उताबाट केही समय लागेको हो । अब खेलाडीले छिट्टै पुरस्कार पाउनेछन्,” प्याकुरेलले बाह्रखरीसँगको कुराकानीमा भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC