अर्थ व्यवसाय
काठमाडौं । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य कमी आएको छ ।आइतबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ९ सय थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ६५ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८ ११:३८
प्रतिक्रिया दिनुहोस्