site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटै फार्ममा ३ लाख कुखुरा, दैनिक १ लाख ४७ हजार अण्डा उत्पादन
Ghorahi CementGhorahi Cement

चितवन । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । 

३५ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पुर्याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए । झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरु त्यहाँ रहेका छन् । स्वचालित यन्त्रहरुबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले बताए । क्लोज हाउस प्रविधिबाट फार्म निर्माण गरिएको छ ।

Agni Group

दाउन्ने कर्पोरेटका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार कुखुराको सङ्ख्यालाई क्रमशः बढाएर लगिने छ । पोखरेलले भने “यो सङ्ख्या देशकै ठूलो हो ।” देशभर अण्डा बिक्री गर्ने सञ्जालसमेत भएकाले काम सम्भव भएको उनको भनाइ छ । हाल फार्ममा दुई लाख कुखुराले अण्डा दिइरहेका छन् । दैनिक एक लाख ४७ हजार अण्डा उत्पादन भइरहेको उनको भनाइ छ । यति नै सङ्ख्यामा कृषकहरुबाट अण्डा सङ्कलन गरेर देशैभर अण्डा पुर्याइँदै आएको पोखरेल बताउँछन् ।  

सो कम्पनीको काठमाडौं, ललितपुर, भक्तपुर, सुर्खेत र इटहरीमा आफ्नै बिक्री कक्ष छन् । त्यसका अतिरिक्त जिल्लाहरुमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको उनले जानकारी दिए । उनले भने, “हाम्रो फार्ममा १० लाख कुखुरा पुग्दा हामीसँग ३० भन्दा बढी आफ्नै बिक्री कक्ष हुनेछन् ।” कम्पनीले आफूले उत्पादन र सङ्कलन गरेको अण्डालाई ‘दाउन्ने ह्याप्पी एग’ का नामबाट ब्राण्डिङ गरेको छ । 

Global Ime bank

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले एन्टिवायोटिकरहित अण्डा दाउन्नेले उत्पादन गरेको बताए । उनले भने, “घरघरमा अण्डा पुर्याएर सस्तोमा उपभोक्तालाई खुवाउने अभियानमा हामी छौँ ।” निरन्तरको प्रयासबाट अण्डा उत्पादनमा दाउन्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ । देशभरमा दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुँदै गर्दा दाउन्नेले तीन लाख आफ्नो संयन्त्रबाट बिक्री गर्दै आएको छ । 

दाउन्ने कर्पोरेटअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । यस्तै कम्पनीले दाउन्ने ट्रेड एण्ड प्याकेजिङ शुरु गर्दै छ । कुखुराबाट जम्मा भएको सुलीलाई प्रशोधन गरेर मलका रूपमा बजारमा ल्याएको छ । ‘दाउन्ने प्राङ्गारिक मल’ को नामबाट बजारमा आउन थालेको छ । यस कम्पनीको लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीमा लगानी छ । कुखुरालाई चाहिने औषधि र दाना आफ्नै रहेको छ । 

कम्पनीका प्रबन्ध निर्देशक पोखरेलका अनुसार आउँदो वर्षभित्रमा क्रेट पनि आफ्नै उत्पादन हुँदैछ । क्रमशः कार्टुनसमेत उत्पादन गर्ने तयारी गरिएको छ । लेयर्स कुखुराका लागि आवश्यक पर्ने चल्लादेखि उपभोक्तासम्मको कम्पनी आफैँले गरिरहेको छ । विसं २०६३ मा शुरु भएको दाउन्ने ट्रेडर्स विस्तार हुँदै गएर अहिलेको अवस्थामा पुगेको हो । अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ । 

दाउन्ने कर्पोरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । यसमा माछापुच्छ«े बैंकको ऋण लगानी रहेको छ । ती कम्पनीमा २०० भन्दा बढी साझेदार छन् । क्रमशः लगानी बढाउँदै लगिने पोखरेलको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC