site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित
Ghorahi CementGhorahi Cement

काठमाडौं  । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले  विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

Agni Group

यस जितसँगै समूह 'सी' को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ ।

म्यासेडोनियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Global Ime bank

खेलको १८ औँ मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १-१ गोलको बराबरीमा फर्काए । 

खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २-१ को अग्रता दिलाए । ९० औँ मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३-१ को जित दिलाए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ००:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC