खेल
काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्किएको छ ।
कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा वर्लिएको हो ।
छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि ३–० ले पराजित भएको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ २१:५५
प्रतिक्रिया दिनुहोस्