खेल
काठमाडौं । इङ्ल्यान्डले युरोकप फुटबल २०२० अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १–० गोलको जित निकालेको हो ।
लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
यो गोलसँगै स्ट्रलिङले इङ्ल्यान्डका लागि १९ खेलमा १७ गोल गर्न सफल भएका छन् ।
जितसँगै समूह ‘डी’मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यता क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ २०:४३
प्रतिक्रिया दिनुहोस्