site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गरिनेछ : मन्त्री नेम्वाङ
Ghorahi CementGhorahi Cement

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताएका छन् ।

मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उनले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उनको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण गर्दा  त्यहाँका ढुङ्गा ध्वस्त गर्न नखोजिएको बताए । 

Agni Group

प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षणलाई कार्यक्रममा राखेको छ । उनले भने, “त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन ।”

मन्त्री नेम्वाङले कोभिड सङ्क्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालन गरिने भएकाले सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिए । रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानुन निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनको भनाइ छ । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।”

Global Ime bank

मन्त्री नेम्वाङले रेलमार्ग निर्माणमा विभिन्न स्थानमा जग्गा मुआब्जाको समस्या देखिएकामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा समाधान खोज्न रेल विभागलाई निर्देशन दिए । रेल सञ्चालन हुन लागेको स्थानसम्म अस्थायी रूपमा भएपनि पहुँच सडकको निर्माण अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले गत आवमा धेरै चालक अनुमतिपत्र छापिएको भएपनि चालु आवमा कार्ड नभएकाले नछापिएको बताए ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले निषेधाज्ञा खुलेको एक-दुई सातामा नै रेल सञ्चालन गर्न सबै तयारी पूरा गर्नुपर्ने बताए । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले कम्पनीले आवश्यक फर्निचर खरिदलगायत कार्यालय सञ्चालनको तयारी पूरा गरिसकेको बताए ।

रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले कोभिडका कारण रेलमार्ग निर्माण गरिने स्थानमा मुआब्जाको समस्या समाधान गर्न नसकिएको बताइन् । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कार्डको अभावले चालु आवमा थोरै सङ्ख्यामा मात्रै चालक अनुमतिपत्र छाप्न सकिएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC