site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा निषेधाज्ञा : यी क्षेत्रमा हुँदैछ खुकलो
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडाैं उपत्यकामा खुकुलो मोडालिटीसहित एकसाता निषेधाज्ञा थप गरिने निर्णय भएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई एकसाता थप गर्ने निर्णय गरेको हो । 

जेठ ३१ गते (सोमबार) सम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गरेर खुकुलो मोडालिटी बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर घटेको छ । तर संक्रमणको जोखिम भने घटेको छैन । त्यसैले निषेधाज्ञा थप गरेका हौँ । निषेधाज्ञाको मोडालिटी खुकुलो बनाइएको छ,” प्रजिअ निरौलाले भने । 

थप गरिएको निषेधाज्ञाको मोडालिटी बमोजिम जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब ११ बजेसम्म खुलाउन दिइने छ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । जसअनुसार जोरबिजोर प्रणाली तत्काल लागु हुने छैन । मास्क लगाएर यताउता हिँडडुुल गर्न दिइनेछ । 

व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरूका लागि समय तथा बार अनुसार खोल्न दिइने गरी तोकिएको छ । 

Global Ime bank

‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ । प्रजिअ निरौलाले बाह्रखरीसँग भने, ‘‘खेती गर्ने महिना भएकाले यसबारे सहजीकरण गरिने निर्णय गरेका छौँ । जस अन्तरगत बिउ, मल ढुवानी र स्वास्थ्य मापदण्ड पालना गरी कृषिखेति गर्न दिइनेछ ।”

प्रशासनका अधिकारीकाअनुसार घट्दो संक्रमण र बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञामा खुकुलो प्रावधान ल्याइएको हो । डेढ महिनाअघि देखिको निषेधाज्ञाले प्रभावित भएको आम जनगुनासो बढ्दै आएको थियो ।
 
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले कार्यालयले कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरेको निषेधाज्ञा डेढ महिना बढी भएको छ । 

यसअघि उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका छिर्ने नाकामा कडाइ गरी निषेधाज्ञा खुकुलो बनाइनुपर्ने बताएका थिए । मेयर शाक्यले उपत्यका भित्रका नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गरी चरणबद्ध रूपमा निषेधाज्ञा खुकुलो बनाउनुपर्ने बताएका थिए । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले काठमाडौं उपत्यकामा औसतमा दैनिक ६ सयको हाराहारीमा संक्रमित थपिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC