site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालका पाँचजना पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपालको संविधानमाथि ‘एकपछि अर्को गरी प्रहार’ गरेको गम्भीर आरोप लगाएका छन् । उनीहरूले शनिवार संयुक्त प्रेस वक्त्तव्य दिँदै संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्तमाथि भइरहेका निरंकुश हमलाविरुद्ध ऐक्यबद्धताका लागि जनसाधारण र लोकतान्त्रिक शक्तिहरूसँग आग्रह पनि गरेका छन् । 

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रेस वक्त्तव्यमा कामचलाउ सरकारले दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न चेतावनी पनि दिएका छन् । विशेषगरी सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने नीतिलाई त उनीहरूले ‘घरमा आगो लगाएर अरूको हितका लागि खरानी बेच्ने काम’को संज्ञा दिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरूले सरकारको ‘गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई’समेत आग्रह गरेका छन् । यसैगरी उनीहरूले ‘आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओ्स’ भनेर ध्यानाकर्षण पनि गरेका छन् । यद्यपि, बाह्य शक्तिको हस्तक्षेप भनेर अन्धकारमा तीर चलाएजस्ता भान हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक दाउपेचमा नेपालजस्तो लोकतान्त्रिक संस्कार कमजोेर भएको समाजमा प्रतिस्पर्धीमाथि आरोपप्रत्यारोप लगाउनुलाई असामान्य मानिदैन । परन्तु, पूर्वप्रधानमन्त्रीहरूले संयुक्त प्रेस वक्तव्यमा उठाएका निरङ्कुशता, बाह्य शक्तिको हस्थक्षेपको जोखिम र राज्यका संयन्त्र तथा जनतालाई सरकारका गलत काममा संलग्न नहुन गरिएको आग्रहजसता बूँदालाई भने विशेष महत्त्वका साथ लिनुपर्ने देखिन्छ ।

जननिर्वाचित संसद्लाई ६ महिनामा दुईपटक भङ्ग गर्ने, चुनाव घोषणा गरेर कामचलाउ भइसकेपछि पनि पटकपटक मन्त्रिपरिषद् गठन र पुनर्गठन गर्ने, अदालतमा मुद्दा चलिरहेका विषयमा निर्णय गर्नेलगायतका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अभ्यासहरू अलोकतान्त्रिकमात्र नभएर निरङ्कुशताकै यात्रा हो भन्ने स्पष्टै छ । यसका विरुद्ध पूर्वप्रधानमन्त्रीहरूले सावधान र एक हुन नेपाली जनतालाई गरेको आह्वानलाई अन्यथा मान्नुपर्दैन । 

Global Ime bank

परन्तु, विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका लागि प्रस्तावित तथा प्रतिनिधि सभाका बहुमत सदस्यले समर्थन गरेका पूर्वप्रधानमन्त्री देउवालगायतले बाह्य हस्तक्षेपको खतरा देखाउनु र प्रशासनलगायत राज्यको संयन्त्रलाई सरकारका ‘गलत’ काममा सहयोग नगर्न गरिएको आग्रहलाई भने सामान्यरूपमा लिन सकिँदैन । यद्यपि, कसैको पनि ‘गलत’काममा साथ नदिनुमात्र होइन रोक्नुसमेत प्रशासनका कर्मचारीको कर्तव्य नै हो ।

हुनत, यी पूर्वप्रधानमन्त्रीहरूप्रति पनि नेपाली जनता खासै आश्वस्त देखिँदैनन् र यिनलाई गम्भीरतापूर्वक लिँदैनन् । तर, प्रमुख विपक्षी नेतालगायत पाँचजना पूर्वप्रधानमन्त्रीबाट समेत गम्भीर आरोपसहित आएको संयुक्त वक्तव्य ‘अनर्गल’ सिद्ध भयो भने राजनीतिका साथै शासन प्रणाली र देशका लागिसमेत प्रत्युत्पादक सिद्ध हुनेछ । 

ओलीको विरोधमा उनैको भ्रम छर्ने शैलीको प्रयोग गरिएको हो भने त्यसको परिणाम पनि हानिकारक हुनेछ । यद्यपि, ‘विदुर नीति’मा भनिएको छ ( ‘शठे शाठ्यम् समाचरेत्’ । जस्तालाई त्यस्तै भन्ने यो मध्ययुगीन सूत्र महाभारतकालका लागि उपयुक्त थियो होला । एक्काइसौं शताब्दीमा राजनीतिको भाष्य र अभ्यास दुवै बदलिनुपर्छ । बहालवाला वा पूर्व सबैले हेक्काराखून् - विवेकहीन कार्यकर्ताले त जे भने पनि पत्याउलान् तर समाजमा उनीहरूभन्दा सजग जनसाधारण छन् र तिनले अनर्गल प्रलापमा विश्वास गर्ने छैनन् । 
 
 


 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC