site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कृष्णचन्द्र पोखरेल– पोहोर झन्डै दलको नेताबाट निकालिए, अहिले बने मुख्यमन्त्री
Sarbottam CementSarbottam Cement

पोखरा । गतवर्षको नयाँ बजेटपछि कांग्रेस संसदीय दलमा विग्रहजस्तै देखियो । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलविरुद्ध अन्य सांसदको विमती बढ्यो । संसदीय दलका १५ जना सांसद गुट उपगुटमा बाँडिए । यतिसम्म कि सभापति शेरबहादुर देउवा निकट मानिने १० सांसदले दलका नेता नै हटाउने गृहकार्य थाले । हस्ताक्षरसमेत संकलन गरियो । 

देउवानिकट १० सांसदले हस्ताक्षर संकलन गरेर पोखरेल हटाउन काठमाडौं देउवा निवास पुगेरै दबाब दिए । 

त्यतिबेला काङ्ग्रेस पनि आन्तरिक कलहमा थियो । गण्डकीको उक्त प्रस्तावले सातै प्रदेस, र केन्द्रीय राजनीतिसमेत तरंगित बन्ने ठानेर देउवाले उक्त प्रस्ताव अस्विकार गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

महामन्त्री शशांक कोइराला निकट पोखरेललाई नै निरन्तरता दिने निर्णय उनले सांसदलाई सुनाए । 

यसबाहेक गण्डकीमा कथम कदाचित काङ्ग्रेसको सरकार बन्ने भयो भने त्यतिबेला दलको नेता पुनर्विचार गर्नेबारे देउवाले सांसदलाई जवाफ फर्काएको एक सांसद बताउँछन् । तर अहिले दलको नेता पुनर्विचार गर्दा गलत सन्देश जाने देखेर त्यो आँट कसैले गरेनन् ।

Global Ime bank

तर, नेकपा फुट, प्रतिगमन, सर्वोच्चका फैसलालगायतका प्रकरणले उनै कृष्णचन्द्र नेपाली अहिले गण्डकीको दोस्रो मुख्यमन्त्री बन्न सफल भएका छन् ।

ती दिनको स्मरण गर्ने एक सांसद भन्छन्,“सरकार बन्ने बेलामा पुनर्विचार गर्ने सहमति भएको थियो ।”

तर, आसन्न महाधिवेशन, प्रतिनिधि सभा विघटनलगायतका घटनाले पनि काङ्ग्रेस फुट होइन जुटतर्फ अग्रसर बन्यो ।

केन्द्रकै राजनीतिक किचलोका कारण कुनैबेला दुइतिहाई सांसदको बहुमतसहित सत्तासीन पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले संसद्मा विश्वासको मत लिन नसकेपछि शुक्रबार ढल्न पुग्यो । उनले शुक्रबार विश्वासको मत पाउन सकेनन् ।

उनको विकल्पमा एक चौथाई सांसद रहेको काङ्ग्रेस सत्तारोहण गर्न पुग्यो ।

को हुन त कृष्णचन्द्र ?

गोबर्द्धन शर्मा राणा शासनको विरोधमा क्रियाशील योद्धा हुन् ।  उनी कांग्रेसका तत्कालीन केन्द्रीय सदस्यसमेत हुन् । 
उनै शर्माका छोरा हुन् कृष्णचन्द्र नेपाली । 

तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी हो । अहिले पनि उनी पूर्वी नवलपरासीबाट प्रतिनिधित्व गर्छन् । 

उनले विद्यार्थी राजनीति तनहुँबाटै गरेका थिए ।

नवलपुर १(क)बाट निर्वाचित नेपालीले एमाले माओवादी गठबन्धनका उमेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरेका थिए ।

विद्यार्थीकालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी ।

प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । 

२०३५ सालदेखि उनी पटक पटक प्रहरी हिरासतमा पुगेका थिए । विद्यार्थी आन्दोलन होस् या जनमत संग्रह । 

२०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट निकै यातना खेपेका उनलाई त्यसबेला पनि दुई महिना जेलमा राखिएको थियो ।

बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेलमा राखियो ।

२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिवौचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उमेदवार थिए । २०६२–६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनले जेल परे । 

कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।

तस्बिर सौजन्य : युनिस गुरुङ

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC