site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको एस्ट्राजेनिका खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताए ।

“पहिलो मात्रा लगाएर यहाँका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्नेछौँ,” उनले भने, “ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउनपर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्नेछाँ ।” सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनले व्यक्त गरे ।

Agni Group

मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधा दुवैले तत्काल कोभिसिल्ड खोप उपलब्ध नगराएपछि कोभिसिल्डको विकल्पमा उस्तै प्रकृतिको खोप एस्ट्राजेनिका लगाउने निर्णय गरेको छ । सरकारले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी  र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई कोभिसिल्डको पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC