site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विकास खर्च कटाएर भए पनि खोप खरिद गरौँ : शेखर कोइराला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसँग जुध्ने उपाय खोप मात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

उनले अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भए पनि खोप खरिद गर्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार साझा सवालका लागि साझा मञ्च विराटनगरद्वारा आयोजित झुम अन्तरसंवादमा उनले भने, “सरकार अनुदानमा पाएको खोपको भरमा मात्र परेको छ । तर, यसरी सबै नागरिकले खोप पाउने अवस्था बन्दैन । बरु, पुँजीगत खर्च कटाएर भए पनि खोप खरिद गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

कोइरालाले अहिले देश कोरोना महामारी र राजनीतिक अन्योलका कारण थप चपेटामा परेको बताए । केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै उनले संसद् पुनःस्थापना भए त्यसपछि बन्ने सरकारले चुनाव गराउनुपर्ने बताए ।

Global Ime bank

निर्वाचन मंसिरमा भनिए पनि त्यसको कुनै पनि तयारी निर्वाचन आयोगले नगरेको बताउँदै कोइरालाले भने, “सरकारले नहुने निर्वाचनको समयतालिका दिएको छ । ओली निर्वाचन पनि नगर्ने र संसद् पनि नरहेको अवस्था सिर्जना गरेर सत्तामा रहिरहने दाउमा हुनुहुन्छ ।” वर्तमान सरकारलाई पदच्युत गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने चैत–वैशाखसम्ममा चुनाव हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेसको पदाधिकारी र कार्यसमितिमा पद थपथाप गरेर अघि बढ्ने सोच बनाए कांग्रेसमा ठूलो निराशा छाउने पनि उनले बताए । कांग्रेस पदाधिकारीको बैठकले कांग्रेस महाधिवेशनको विषयमा निर्क्योल गर्ने आम कार्यकर्ताको अपेक्षा रहेको बताउँदै उनले पदाधिकारी थप गरेर मात्र कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे ।

महाधिवेशन गर्नको लागि भएको प्रावधान कटिसकेको र अब विशेष अधिवेशन मात्र विकल्प हुन सक्ने बताउँदै उनले भने, “चार वर्ष महाधिवेशन गर्न नसक्ने, संविधानले दिएको अवधि पनि काट्ने अनि फेरि ६ महिना वा एक वर्ष थप गर्ने हो भने कांग्रेस रहँदैन । ६० जिल्लाभन्दा बढीको क्रियाशील सदस्यता आइसकेको छ । यसको विवाद धेरै हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC