site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'वाग्मती प्रदेशबाट ओलीले सिकून्, हामीले प्रदेश संसदीय दललाई एक ढिक्का राख्यौँ'
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) संसदीय दल एक ढिक्का हुँदा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । ११० सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेको ५७ सांसद छन् । 

प्रदेश संसदीय दल एक हुँदा नीति तथा कार्यक्रम पारित भएको र केन्द्रलाई सन्देश पनि दिइएको प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

“हामीबीच एकदमै तिक्ततापूर्ण अवस्था थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री डोरमणि पौडेलको व्यवहारले हामी आजित थियौँ । संसदीय दलको बैठकमा जान पनि मन नलाग्ने, उनीहरूसँग बोल्न पनि मन नलाग्ने आदि तनावपूर्ण अवस्था थियो । तर, यसले के फाइदा हुन्छ ? आखिर कम्युनिस्ट आन्दोलन त क्षतविक्षत हुने नै भयो । वाग्मती प्रदेशले पार्टी एक बनाउन किन पहल नगर्ने त भनेर हामीले उदारता देखायौँ,” शाक्यले थपिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री पौडेलले पनि तिक्तता त्यागेर मिलेर अघि बढ्न तत्परता देखाएकाले आफूहरू एकढिक्का हुन राजी भएको उनको भनाइ थियो । यसबाट केन्द्रले (ओली) पाठ सिक्नुपर्ने धारणा राखिन् ।

“हामीले अलि अगाडिदेखि नै पहल गर्‍यौँ । एमालेले यत्रो जनमत प्राप्त गर्‍यो । अभूतपूर्व उपलब्धी हासिल गर्‍यो । तर, त्यसै खेर जाने भयो भनेर हामी पीडा पनि भयो, मुख्यमन्त्रीले पनि सुध्रिन्छु भन्नु भयो । हामी मिल्न तयार भयौँ,” उनले संसदीय दल विभाजित नहुनुका कारण खोल्दै भनिन्, “केन्द्रमा त केपी ओलीको हठले बिग्रियो । प्रदेशमा त हामी मिलाउन सक्छौँ नि भन्ने लाग्यो ।”

Global Ime bank

उनले आफूहरूले भनेअनुसार नीति तथा कार्यक्रम बनाउन मुख्यमन्त्री तयार भएकाले मिल्ने परिस्थिति बनेको शाक्यले बताइन् । “केही दिनअघि काठमाडौंमा प्रदेश संसदीय दलको बैठक बोलाइएको थियो । हामी (संसदीय दलका खनाल–नेपाल समूहका १५ जना)लाई त उहाँहरूले स्पष्टीकरण पनि सोध्नुभएको थियो । हामीले जवाफ पनि दिएका थियौँ । फेरि मुख्यमन्त्रीले तपाईं आइदिनुप¥यो भनेपछि मलगायत साथीहरू गयौँ । त्यहाँ मैले सबै कुरा राखेँ । मुख्यमन्त्रीले आफ्नो प्रवृत्ति सुधारे मिल्न बाधक नहुने बताएपछि त्यही बैठकमा नीति तथा कार्यक्रम ल्याउनका लागि राजेन्द्र पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यदल पनि बन्यो । त्यो कार्यदले सुझाव दिएअनुसार नीति तथा कार्यक्रम पनि बन्यो । मिल्ने परिस्थिति तयार भयो,” उनले भनिन् ।

अहिले १३ जिल्लालाई समानुपातिक तरिकाले बजेट ल्याउन मुख्यमन्त्री तयार भएको उनको भनाइ छ । “सबै उपलब्धी खेर जान दिनुभन्दा मिल्नुपर्छ नै लाग्यो । केन्द्रमा पनि छलफल गरौँला भनेर हामी उदार भएकै हो । अहिले बजेट भौगोलिक अवस्थिति हेरेर, आवश्यकताको सिद्धान्तलाई मध्यनजर गर्दै ल्याउने भन्नुभएको छ,” शाक्य भन्छिन्, “पहिला त मुख्यमन्त्रीले आफ्नो पक्षतिर मात्रै पार्नुहुन्थ्यो ।”

मुख्यमन्त्री लिखितरूपमै स्पष्टीकरण (कारबाही) फिर्ता लिन तयार भएपछि दल एकढिक्का भएको पनि बताइन् ।

“उहाँले स्पष्टीकरण फिर्ता लिन्छु भन्नुभयो । हामीले मौखिक होइन लिखितै चाहिन्छ भन्यौँ त्यसमा पनि उहाँ तयार हुनुभयो,” उनी भन्छिन् ।

उनले अदालतले जेठ २ (एमाले–माओवादी केन्द्रबीचको एकता) अघिको कमिटी र त्यसले गरेको निर्णय मात्रै वैध हुने भनिसकेपछि ओलीले हठ त्याग्नु वेश हुने बताएन् । “अहिले अदालतले पाठ सिकाइरहेको छ । मिल्न दबाब पनि दिइरहेको छ । यस्तो अवस्थामा हामीले पहल लिएका हौँ,” उनी भन्छिन् ।

यसअघि गण्डकी प्रदेश संसदीय दलमा पनि एमाले एकढिक्का देखिएको थियो । त्यहाँका झलनाथ खनाल र माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटाले संसदीय दलको निर्णयानुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई विश्वासको मत दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC