site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३४ जिल्लामा १० जना भन्दा कम संक्रमित थपिए, आज देशभरको अवस्था यस्तो
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १५ हजार १८२ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ । 

Agni Group

त्यस्तै आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ९२१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा १५१ जना संक्रमित थपिएका छन् । त्यस्तै नुवाकोटमा ११७, कास्कीमा ११७ र सुर्खेतमा ११६ जना संक्रमित थपिएका छन् । अन्य जिल्लामा थपिने संक्रमितको संख्या एक सयभन्दा कम रहेको छ । आज इलाम ओखलढुंगा, तेह्रथुम लगायतका ३४ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ । 

Global Ime bank

आज देशभर होम आइसोलेसनमा ६९ हजार ६८६ जना, संस्थागत आइसोलेसनमा, ५ हजार ५८९ जना आईसीयूमा १ हजार १८९ जना र भेन्टिलेटरमा ३६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC