site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा  वैकल्पिक सरकार बनाउन २४ घण्टाको समय
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो ।

गण्डकीका मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो । 

वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घण्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा २७ मात्र मत परेका कारण गुरुङले आफ्नो सरकार जोगाउन सकेनन् । संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रक्रिया उपधारा ५ मा पुगेको हो ।

यो उपधारा अनुसार सरकार बनाउन विपक्षी दल तयारी अवस्थामा छन । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।

Global Ime bank

६० सदस्यिय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सासद चाहिन्छन । उक्त बहुमत विपक्षीले आफूसँग रहेको दाबी गरेका छन् ।

विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीले बहुमतसहित आफूहरुको सरकार बन्ने दाबी गरे ।

यस्तै, शुक्रबारको प्रदेशसभा बैठकले जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना दिएको छ । थापाले बिहिबारको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्विप नमानी तटस्थ बसेका थिए । ह्विप उल्लंघन गरेपछि उनको दल जनमोर्चाले पदमुक्त गरिदिन अनुरोध गरेबमोजिम सभामुख नेत्रनाथ अधिकारीले थापाको पद रिक्त रहेको जानकारी सदनलाई गराएका हुन् ।

थापाको पद गएपछि गण्डकीमा सांसद संख्या ५९ कायम भएको छ । ५९ सांसद कायम भएपछि बहुमतको लागि सरकार बनाउन ३० सांसद भए पुग्छ । विपक्षीसँग ३१ सांसदको हस्ताक्षर रहेको छ ।

यो प्रक्रिया अनुसार सरकार बने फेरि ३० दिनभित्र मुख्यमन्त्रीले उपधारा ६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके वा सरकार बन्न नसके उपधारा ७ बमोजिम प्रदेश मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC