site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युवा संघले ‘खोप स्वयम्सेवक’ परिचालन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)निकट युवा संघले कोरोनाविरुद्धको खोप स्वयम्सेवक परिचालन गर्ने भएको छ । “कोभिड–१९ खोप सेवालाई अझ सहज र प्रभावकारी बनाउन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने निर्णय गरेको छ,” संघका अध्यक्ष किरण पौडेलले विज्ञप्तिमार्फत् बताएका छन् ।

युवा संघका नेता–कार्यकर्तालाई कार्यसूची तोकेरै परिचालन गर्न लागिएको उनले बताएका छन् । प्रत्येक टोल तहसम्मका नागरिक जसले प्रि–आवेदन दर्ता गरेका छैनन् उनीहरूको विवरण संकलन गरी खोप केन्द्रसम्म पुर्याउने तथा अनलाइन आवेदन दर्ता गराउने काम स्वयम्सेवकले गर्ने युवा संघले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य प्रतिनिधिसँग समन्वय गरि जनसरोकारका विषयहरूको सम्बोधन गर्न पहल गर्ने निर्देशनमा भनिएको छ । वृद्ध–वृद्धा, अशक्त, अपांग, असहायहरूलाई यातायातको व्यवस्थापनसहित सुरक्षित तवरले
खोपकेन्द्रमा लाने–ल्याउने काम युवा संघले गर्ने बताइएको छ । खोप सेवामा क्रियाशील चिकित्सक, स्वास्थ्यकर्मीलगायतलाई चिया, खाना, खाजा आदिका लागि आवश्यक सहयोग गर्ने पनि निर्देशनमा उल्लेख छ । खोपकेन्द्रमा लामबद्ध नागरिकले सहज, सरल तरिकाले खोप लगाउन पाउने प्रबन्ध मिलाउने साथै खानेपानी–शौचालय आदिको व्यवस्थापनमा सहयोग गर्ने कार्यसूचीमा तोकिएको छ । खोपकेन्द्र खोप तालिका लगायतका जानकारीमूलक सन्देश प्रवाह गर्ने र यस अलावा खोप केन्द्र तथा मैदानमा आइपर्ने सबै किसिमका स्व्यमसेवी भूमिकाका निम्ती कृयाशिल रहने निर्देशनमा उल्लेख छ ।

No description available.

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC