site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुँदै
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आजै आह्वान गर्ने तयारी छ ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी गराइएको थियो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी गराइएको थियो ।

आजको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रश्न उठेको थियो । नेकपा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले कोही मन्त्री उपस्थित नभएका कारण सदन चल्न नसक्ने बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

आजै प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी गराउने सचिवालय सचिव हरिराज पोखरेलले जानकारी गराए ।

Global Ime bank

ठूला दलका नेताको हैसियतमा गठन भएको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको आह्वान हुनेछ ।

१६८(५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षर यसअघि नै तयार पारिएको दाबी गरेका छन् ।

त्यसबाहेक खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका दीपक मनाङेले पनि विपक्षी गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् भने राजमोका सांसद पदमुक्त भएपछि विपक्षी गठबन्धनलाई सहज हुने अनुमान गरिएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC