site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनमोर्चाका सांसद थापा पुनः सांसदबाट पदमुक्त 
Sarbottam CementSarbottam Cement

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गएको छ । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ । 

उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले केही मन्त्री उपस्थित नभएका कारण सदन चल्न नसक्ने बताएका थिए ।

तर, सभामुख कार्यसूचीको पहिलो र दोस्रो बुँदाको जानकारी सदनलाई गराएका हुन् । यो जानकारीसँगै जनमोर्चा सांसद थापाको पद गएको छ भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको जानकारी सदनलाई गराइएको हो ।

Global Ime bank

अब केहिबेरमा प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी गराउने सचिवालय सचिव हरिराज पोखरेलले जनाए ।

आज नै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नेछिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC