site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनमोर्चाका सांसद थापा पुनः पदमुक्त हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक आज बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश प्रमुख समक्ष गराउने कार्यसूची रहेको छ । 

बैठकको कार्यसूची अनुसार जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त हुँदैछन् । बिहीबारको विश्वासको मतमाथि मतदान हुँदा उनले जनमोर्चा संसदीय दलको ह्विप उल्लंघन गर्दै तटस्थ बसेका थिए ।

जनमोर्चाका सचेतक पियारी थापाले विश्वासको मतको विपक्षमा मतदान गर्न २६ गते ह्विप जारी गरेकी थिइन् । तर थापले मानेका थिएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी यसअघि पनि पदमुक्त भएका थिए । तर, सर्वोच्चले अन्तरिम आदेशसँगै उनको पद बहाली भएको थियो । 

उनी पदमुक्त भएसङ्गै प्रदेशसभा सदस्य ५९ कायम हुन्छ । सरकार बनाउन ३० सांसद भए पुग्छ । विपक्षी दलसँग अहिल्यै ३१ सांसदको हस्ताक्षर छ ।

Global Ime bank

यो सँगै बिहीवार मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी संसदलाई जानकारी गराउने अनि मात्र संसद सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सचिवालयको पत्रानुसार प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अनुसार नया सरकार गठन आह्वान गर्नुपर्ने हुन्छ ।

दफा ३५ (१) अनुसार उनको पद गएको सूचना संसद बैठकमा पढेर सुनाउने कार्यसूची छ । उक्त दफामा ३४ दफा अनुसार पद जाने व्यवस्था गरिएको छ ।

३४, दल त्याग गरेको सूचना दिनु पर्ने : (१) सङ्घीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐन बमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएपछि सङ्घीय संसद वा प्रदेश सभा सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेश गर्नेछ ।

३५, सदनलाई जानकारी दिनुपर्ने : (१) दफा ३४ बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घीय संसद वा प्रदेश सभाको अधिवेशन चालु नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नु पर्नेछ र सङ्घीय संसद वा प्रदेश सभाको अधिवेशन बसेपछि त्यस्तो व्यहोरा सम्बन्धित छ । 

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC