राजनीति
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चार तथा सुचना प्रविधिमन्त्री नैनकला थापाले पाएकी छिन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए ।
“सञ्चारमन्त्रीले नै प्रवक्ताको काम गर्ने भन्ने भएको छ,” ती मन्त्रीले भने ।
सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाई दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ २१:४०
प्रतिक्रिया दिनुहोस्