बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कर्णाली प्रदेशसभामा विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गरेका हुन् । 

सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू सभामासमक्ष प्रस्तुत गरी सोमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिएका थिए ।

Duber nepal

Agani Group

विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उनले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताए । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरू रहेको उनको भनाइ थियो ।  

बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारकोबीचको आपसी समन्वय गर्ने, संघीय सरकारको समन्वयमा कोभिडविरुद्धका उपकरण बढाउने, आधारभूत पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्था गर्ने, युवा रोजगारका लागि रोजगारीमूलक परियोजनामा विशेष जोड दिने गरी सरकारले योजना बनाएको उनले बताए । त्यसैगरीसमाजमा भएका सबै प्रकारका विभेद अन्त्य गर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्ने, राउटे, सडक मानव, अल्पसंख्यक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूको हकहित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले ल्याएको बताउँदै उनले नीजि क्षेत्रलाई आकर्षित गर्न लगानी सम्मेलन गरी लगानीमैत्री वातारण तयार गरिने जनाए । 

त्यस्तै सरकारले अन्न उत्पादनमा जोड दिँदै खाद्य सुरक्षाका लागि नेपाल सरकारसँगको आपसी समन्वय गरी भण्डारणमा जोड दिने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई अघि बढाइने जनाएको छ । आज पेश गरिएको विनियोजन विधेयकमाथि शुक्रबारदेखि छलफल हुने छ । अर्को बैठक भोलि २८ गते दिउँसो २ः०० बजे बस्ने छ  । रासस

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्