बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विपक्षी गठबन्धनको दौडधुप तीव्र, शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा दुई घण्टा छलफल
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडाैं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूको दौडधुप बढेको छ । आजै मात्र बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनको बैठक बसेकाे छ।

उनीहरूबीच दुई घण्टा भन्दा लामो छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ५ः१० बजेदेखि ७ः३० बजेसम्म छलफल भएको हो ।   

Duber nepal

Agani Group

उक्त बैठकमा कांग्रेसको तर्फबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ), जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमाले खनाल–नेपालसमुह का नेता माधवकुमार नेपाल सामेल थिए । 

आजै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वास गुमाए । त्यसबारे थप रणनीतिबारे छलफल भएको बताइएको छ । पछिल्ला दिनमा नेताहरूको बैठकले तीव्रता पाएको छ । केही दिनअघि मात्रै देउवा, प्रचण्ड र नेता नेपालबीच भेट भएको थियो ।
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्