काठमाडौं । मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठक सिंहदरबारमा बसेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक साँझ सवा ६ बजेदेखि सुरु भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रिपरिषद्को पूर्णता दिएका थिए । जनता समाजवादी पार्टी जसपा सरकारमा गएपछिको पहिलो बैठक बसेको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्ने गरेको थियाे । आज भने बैठक सिंहदरबारमा बसेको हो ।
बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिकमन्त्री बसन्त नेम्वाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ, महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण, श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिमलप्रसाद श्रीवास्तव, उर्जामन्त्री शरतसिंह भण्डारी, गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, उद्योग मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, सामान्य मन्त्री गणेश कुमार पहाडी, पर्यटनमन्त्री उमाशंकर अरगरिया, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कृषिमन्त्री ज्वालाकुमारी शाह, बनराज्यमन्त्री आशा कुमारी विक, महिला बालबालिका राज्यमन्त्री रेणुका गुरूङ, मुख्य सचिव शंकरदास बैरागी लगायत सहभागी छन् ।