बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मेरी मायालु..गाउँदै गायक दिप श्रेष्ठलाई ह्याम्सका चिकित्सकले गरे बिदाइ (भिडियो सहित)
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । गायक दिप श्रेष्ठ अस्पतालबाट घर फर्किएका छन् । करिब दुई साताको अस्पताल बसाइपछि  उनी विहिबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । उनी बिहिबार दिउँसो २ः५० बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

करिब दुई साता अस्पताल बसेर कोरोनासँग लडेका गायक श्रेष्ठलाई उनकै गीत गाएर ह्याम्सका चिकित्सकहरुले खुसी साथ बिदाइ दिएका छन् । 

द भ्वाईस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार अहिले गायक श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । “स्वास्थ्य अवस्था सबै सामान्य भएपछि उनलाई अस्पतालबाट घर पठाएको हो । डाक्टरले एक हप्ताजति पूर्ण आराममा बस्न सुझाव दिनुभएको छ” निर्देशक पौडेलले बताए । 

Duber nepal

Agani Group

उनी अन्तराष्ट्रिय फ्रेन्चाइजी ‘द भ्वाईस’ को नेपाली संस्करण ‘द भ्वाईस अफ नेपाल’ को कोचको रुपमा सुरुदेखि नै जोडिएका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पताल लगिएको उनको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जसपश्चात उनी अस्पताल भर्ना भएका थिए ।  उनी अक्सिजनको सहायतमा अस्पतालमा उपचारत थिए । 

द भ्वाईसमा फर्किने सम्भावनाबारे पौडेल भन्छन्, “यो उहाँको क्षमतामा भर पर्छ ।” निर्देशक पौडेलका अनुसार उनको पछिल्लो कोरोना रिपोर्ट भने आइसकेको छैन । बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुपूर्व मात्रै कोरोना परीक्षणका लागि स्वाब दिएको र रिपोर्टको पर्खाईमा रहेको पनि उनले जानकारी दिएका छन् । 

भिडियाे : सुशील नेपाल

 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्