बाह्रखरी
भर्खरै
Ncell inner sticky
विशेष प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यी हुन् युरोकप हुने ११ रंगशाला
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । विश्व फुटबलको सर्वाधिक हेरिने प्रतियोगितामध्येमा पर्छ युरोकप फुटबल । युरोपियन राष्ट्रहरुले खेल्ने प्रतियोगिताको बेग्लै महत्व छ । विश्व फुटबलको प्रतीक्षित लिगमा पर्छ युरोकप ।

यो वर्षको युरोकप भने बेग्लै रोमाञ्चकतासहित निराशा पनि छ । रोमाञ्चकता यस कारण कि १६औँ संस्करण युरोपका विभिन्न देशका ११ सहरमा आयोजना हुँदै छ ।

निराशा यस कारण छ कि दर्शकले खेल हेर्न मैदानसम्म जान पाउने छैनन् । तर, दर्शकहरुले इंग्ल्यान्डको वेम्ब्लीमा हुने युरोकप फुटबलको खेलहरु रंगशालामै बसेर हेर्न पाउने भएका छन् ।

Duber nepal

Agani Group

यूईएफएले मंगलबार खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ । दर्शकरुले हेर्न पाउने हुँदा प्रतियोगिताका वेम्ब्लीमा हुने खेलहरु रोमाञ्चक हुने बताइएको छ ।

युरोकप सन् १९६० मा फ्रान्समा आयोजना भएको थियो । युरोकपमा युरोपियन राष्ट्रले खेल्ने गर्छन् । युरोकपको अघिल्लो संस्करण पोर्चुगलले जितेको थियो । त्यो कप्तान क्रिस्टियानो रोनाल्डोको करियरको पहिलो ठूलो उपाधि थियो ।

यस वर्षको प्रतियोगिता जुन ११ बाट जुलाई ११ तारिखसम्म आयोजना हुँदै छ । कोरोना महामारीका कारण प्रतियोगिता एक वर्ष पछि सरेको हो ।

यो सिजनको युरोकप फुटबल सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, लन्डन, आम्स्टरडाम, बाकु, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुँदै छ ।

प्रतियोगितामा विभिन्न देशहरुले विभिन्न ठाउँमा गएर प्रतियोगिताको मज्जा लिन पाउनेछन् । भोलि (शुक्रबार) राति हुने उद्घघाटन खेलमा टर्की र इटालीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो खेल इटालीको रोमामा हुनेछ ।

यस्ता छन् ११ रंगशाला  
१. रोम (ओलम्पिक स्टेडियम)
यो सिजनको उद्घघाटन खेल रोमामा आयोजना हुँदै छ । इटालियन फुटबलमा ओलम्पिक स्टेडियमको चर्चा बेग्लै छ । ओलम्पिक स्टेडियम रंगशालाको कुल दर्शक क्षमता ७२ हजार ७ सय छ ।

इटालियन ओलम्पिक कमिटीको स्वामित्मा रहेको रंगशाला सन् १९३२ मा उद्घघाटन भएको थियो । ओलम्पिक स्टेडियममा सन् १९८७ को विश्व एथलेटिक्स प्रतियोगिता र १९९० को विश्वकप यही आयोजना भएको थियो ।

यस रंगशालामा एएस रोमा र एएस लाजियोले पनि स्वामित्व राख्दछन् । जुन स्टेडियम दुवै टोलीको घरेलु मैदानको रुपमा रहेको छ । दुवै टोलीले सन् १९५३ देखि स्वामित्व लिएका हुन् । रोमको यस रंगशालामा नकआउट चरणका तीन खेलहरु र क्वार्टरफाइनलको खेल हुनेछ ।

२. सेन्ट पिटर्सवर्ग (सेन्ट पिटर्सवर्ग )
सेन्ट पिटर्सवर्ग दर्शहरुको फुटबल क्रेज भएको स्थान हो । यहाँका दर्शकहरु खेलका लागि निकै उत्साहित हुने गर्छन् । त्यसैले यूईएफएले युरोकपका लागि यो रंगशालालाई छानेको हो । यस रंगशालमा युरोकपका समूह चरणका ६ खेल र क्वार्टरफाइलनको एक खेल हुनेछ । यस रंगशालाको कुल दर्शक क्षमता ६९ हजार छ ।

३. लन्डन (वेम्ब्ली स्टेडियम)
वेम्ब्ली स्टेडियम फाइनल खेलका लागि तयारी पारिएको रंगशाला हो । यहाँ धेरै महत्वपूर्ण खेलहरुका लागि हेरिएको छ । समूह चरणका खेलहरुदेखि क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु पनि हुनेछन् ।

यो रंगशालाको कुल दर्शक क्षमता ९० हजार रहेको छ । फुटबलमा पछिल्लो समय उत्कृष्ट स्थानका रुपमा रहेको लन्डमा फुटबल क्रेजका कारण फाइनल खेलका लागि यो रंगशाला हेरिएको हो ।

४. म्युनिख (एलिनाज एरिना)
जर्मन फुटबलमा परिचित नामा हो म्युनिख, एलिनाज एरिना यसको घर हो । जहाँ बुन्डेस लिग फुटबलको च्याम्पियन टोली वायर्न म्युनिखले आफ्नो स्वामित्वमा लिएको छ । यस रंगशालाको कुल दर्शक क्षमता ६७ हजार ८१२ रहेको छ । यस रंगशालामा समूह चरणका तीन खेल र क्वार्टरफाइनलको एक खेल हुनेछ ।

५. बाकु (बाकुओलम्पिक स्टेडियम)
६९ हजार ८७० दर्शक क्षमता रहेको बाकु रंगशाला समूह चरणका तीन खेल र क्वार्टरफाइनलका दुई खेलका लागि हेरिएको थियो । ११ जुन २०११ मा अगर बैजान फुटलबको १००औँ वार्षिकोत्सवको समयमा यो रंगशालाको उद्घाटन गरिएको थियो । यो रंगशालमा सनु २०१९ को युरोपा लिगको फाइनल पनि भएको थियो । जसमा चेल्सीले उपाधि उचालेको थियो ।

६. कोपेन हेगन  (पारकेन)
युरोकप फुटबलको लागि रोमाञ्चकता थपिने रंगशालाको रुपमा पारकेन रंगशाला भएको छ । यस रंगशालमा नकाआउट चरणका तीन खेलहरु र क्वार्टरफाइनलको खेल हुनेछ । कुल दर्शक क्षमता ३८ हजार रहेको यो रंगशाला युरोकपका लागि सबैभन्दा सानो रंगशाला हो ।

७. ग्लासगो (हाम्पडेनपार्क)
रियो दि जेनेरियोपछिको ठूलो रंगशाला रुपमा हाम्पडेनलाई लिइन्छ । यसको कुल दर्शक क्षमता ५२ हजार ५ रहेको छ । हाम्पडेनपार्क पार्क स्कटिस फुटबल टिमको घरेलु मैदानको रुपमा रहेको यो रंगशालामा युरोेकपका खेलहरु रोमाञ्चक हुने आशा गरिएको छ । यहाँ तीन समूह चरणका खेलहरु र एक राउन्ड अफ १६ को खेल हुँदै छ ।

८. बुचारेस्ट (नेसनल स्टेडियम)
युरोकप फुटबलका लागि समूह चरणका खेलहरु र अन्तिम १६ का खेलहरुका लागि यो रंगशालालाई हेरिएको छ । यस रंगशालाको कुल दर्शक क्षकता ५५ हजार ६ सय रहेको छ ।

९. आम्स्टरडाम (जोहन क्रुफ एरिना)
५२ हजार ९६० जना दर्शक क्षमता रहेको रंगशाला हो, जोहन क्रुफ एरिना । जहाँ युरोकप फुटबलका लागि महत्वपूर्ण स्थानका लागि हेरिएको छ । यहाँ युरोकप २०२० को तीन सम्ूह चरणका खेलहरु र राउन्ड अफ १६ को खेल हुँदै छ । दर्शकहरुको प्रतीक्षाको रुपमा यो रंगशालाई पनि लिएको छ ।

१०. सेभिया (ओलम्पिक स्टेडियम)
युरोकप फुटबलअन्तर्गत समूह चरणका तीन खेल र अन्तिम १६ को एक खेल हुने रंगशाला हो, ओलम्पिक स्टेडियम । यसको कुल दर्शक क्षमता ५७ हजार ६१९ रहेको छ ।

११. बुडापेस्ट (पुस्कास स्टेडियम)
हंगेरियन फुटबल खेलाडी फेरेन पुस्कासको नाममा रहेको फुटबल स्टेडियम हो यो । जहाँ हंगेरियन राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण गर्ने गर्छ । युरो २०२० को तीन समूह चरणका खेलहरु र एक राउन्ड अफ १६ को खेल यहाँ हुँदै छ । यसको दर्शक क्षमता ६७ हजार २१५ रहेको छ । 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्