बाह्रखरी
भर्खरै
Ncell inner sticky
विशेष प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नीति तथा कार्यक्रम : २०८५ भित्र वाग्मती प्रदेशको सबै कृषियोग्य भूमिमा १२ महिना सिँचाइ 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । वाग्मती प्रदेश सरकारले वि.सं. २०८५ सम्म प्रदेशभित्र रहेको सबै कृषियोग्य भूमिमा १२ महिना सिँचाइ सुविधा पुर्‍याउने भएको छ ।

बिहीबार आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रमुख विष्णुप्रसाद प्रसाईंले त्यसको लागि प्राथमिकताका आधारमा सिँचाइ योजनालाई अगाडि बढाउने र अन्तिम चरणमा रहेका योजनाको निमार्णकार्य अगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए ।

Duber nepal

Agani Group

यस्तै, ‘सिचाइ गरौँ, उत्पादन बढाऔँ’ अभियानअन्तर्गत परम्परागत राजकुलो ताल–तलैया र पोखरी संरक्षण र पुनःस्थापना गरी परम्परागत सिँचाइ सुविधा उपलब्ध गराइने उनले बताए ।

त्यस्तै, ‘किसानका गरा सधैँ हराभरा’ नारासहित सुक्खा टार लिफ्ट सिँचाइ आयोजनालाई निरन्तरता दिने र नारायाणी र खगेरी सिँचाइ आयोजनाको पम्प हाउस आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताए ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्