site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
५४ सालमा निर्विरोध गाविस अध्यक्ष, ७८ सालमा गुट फेरेर मन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औं पटक मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । साढे तीन वर्षे कार्यकालमा सबैभन्दा बढी मन्त्री हेरफेर गर्ने कीर्तिमान कायम गरेका ओलीले यसपटक केही नयाँ अनुहारलाई मन्त्रीमा समेटेका छन् ।

त्यसमा परेका छन्, सिन्धुली १ बाट निर्वाचित, गणेशकुमार पहाडी । बिहीबार थपिएका मन्त्रीमध्ये पहाडी यसअघि माधवकुमार नेपाल गुटमा थिए । पुस ५ गते पहिलोपटक संसद विघटित हुँदा प्रधानमन्त्री ओलीको खरो आलोचक थिए । सडक सङ्घर्षमा पनि होमिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, दोस्रोपटक संसद् विघटित भएपछि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेर सिंहदरबार प्रविष्ट भएका छन् ।

पहाडी आधारभूत तहदेखि नै राजनीतिमा उठेका व्यक्तित्व हुन् । २०२७ सालमा जन्मिएका उनी २०३९ सालमा तत्कालीन अनेरास्ववियू पाँचौँमा आबद्ध भएका थिए ।

Global Ime bank

२०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा सिन्धुलीको खाङसाङ गाविसको निर्विरोध अध्यक्ष बनेका थिए ।

२०६५ सालमा जिल्ला पार्टी सचिव, २०६६ मा संयोजक बनेका पहाडी २०७० सालमा संसदीय फाँटमा छिरेका हुन् । २०७० मा सिन्धुली १ बाट चुनाव जितेका उनले २०७४ सालमा पनि सोही क्षेतबाट चुनाव जितेका थिए ।

पहाडी २०७१ को नवौँ महाधिवेशनपछि पार्टी केन्द्रीय कमिटीका आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC