site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 



राजनीतिक दलका नेता कार्यकर्ता सत्ताको खेलमा लठ्ठ छन् । र, सत्ताको खेलबाट फुर्सद पाएकाहरू चाहिँ गाउँ, जिल्लातिर मात्र हैन राजधानीमा समेत जो भएको कोभिड-१९ विरुद्धको खोप वितरणमा धाँधली गर्न व्यस्त छन् । 
 
काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । सङ्क्रमण कम भएको हो कि परिक्षण घटाइएकाले थोरै देखिएको हो भन्ने प्रश्नको स्पष्ट र भरपर्दो उत्तर भने पाइएको छैन । यद्यपि, अस्पतालहरूमा सामान्य सङ्क्रमितको चाप घटेकाले सङ्क्रमण घटेको अनुमान सरकारले गरेको हुनुपर्छ ।
 
उपत्यकाबाहिर विभिन्न जिल्लाका समाचार हेर्दा भने सङ्क्रमण भयावह अवस्थामा पुगेको सङ्केत देखिन्छ । गाउँ गाउँमा सङ्क्रमणको लक्षण भएकाहरूको ठूलै सङ्ख्या देखिए पनि तिनको परीक्षणका लागि गम्भीर प्रयास गरिएको छैन ।
 
सरकारको भने असुलीको बेला आइसकेको छ । सङ्क्रमणको अवस्था जस्तो भए पनि निषेधाज्ञालगायतका बन्देज खुकुलो बनाएर जनतासँग कर असुल गर्नु परेको छ । यसैले सम्भवतः असार १ देखि निषेधाज्ञा केही खुकुलो बनाइने छ ।
 
निषेषाज्ञा खुकुलो हुनु नराम्रो भने होइन । निषेधमात्रले सङ्क्रमण मत्थर हुने पनि त होइन रहेछ । सङ्क्रमणको विस्तारमा खासै फरक नपर्ने हो भने त जनतालाई निषेधाज्ञाका नाममा बन्देज थोपरेर सास्तीमात्र किन दिने ? 
 
सरकारले कर असुलोेस् । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले त कर असुल गर्न निषेधाज्ञा खुकुलो बनाउने सङ्केतको स्वागत गर्दै सक्नेले राजस्व तिरेर सरकारलाई सघाउन आह्वानै गरिसकेका छन् । गजब सहयोगी छ निजी क्षेत्र !


निषेधाज्ञाका नाममा आवागमनलगायतमा लगाइएका बन्देजहरू हटाइँदा जनस्वास्थ्यका दृष्टिमा जे भए पनि जनजीवन केही सहज भने पक्कै हुनेछ । यसै पनि त सरकारले अहिलेसम्म लगाएको बन्दाबन्दी (लकडाउन) वा निषेधाज्ञा जनस्वास्थ्यबाट निर्देशित छैन । 
 
सङ्क्रमण रोक्ने प्रभावकारी उपाय कोभिड-१९ विरुद्ध धेरैभन्दा धेरै जनसङ्ख्यालाई खोप दिलाउनु हो भन्ने पुष्टि भइसकेको छ । यस्तै  खोप ल्याउन र व्यापक तथा न्यायपूर्ण वितरणमा सरकारको खासै रूचि नभएको पनि छर्लङ्गै भएको छ । 
 
अब निषेधाज्ञा जारी राख्नुको तुक देखिँदैन । तैपनि, एकैपटक पूरै खुकुलो बनाउँदा अनुदानमा आउने सहायता पनि रोकिएला भन्ने डर हुन्छ । यस्तै जनतामा शासनको रोब पनि घट्छ । महामारीका नाममा जनतालाई थप सास्ती कटाउने बानी जो परिसकेको छ ।
 
यसैले नियमहरू खुकुलो बनाएर र कार्यान्वयन तथा अनुगमनमा आँखा चिम्लेर भए पनि सरकारले बन्देजका केही नियम कायमै राख्ला । तैपनि, कडा बनाएर हैन  प्रभावकारी कार्यान्वयन गरेर नियम चरितार्थ हुन्छ भन्ने हेक्का सरकारले राखोस् ।
 
नियम बनाउनेहरूले कार्यान्वयन गर्नु पर्दैन । कार्यान्वयनमा खटिनेका कुरा नीति नियम बनाउनेले कहिल्यै सुन्दैनन् । निषेधाज्ञामा सरकारी नियमले नै पसलहरूमा भिड बढायो । भिड बढेपछि सङ्क्रमणको जोखिम पनि पक्कै बढायो । 
 
भिड नहुने व्यवसायमा रोक लगाउनु अर्थहीन हुन्छ । जिल्ला र केन्द्रका निषेध र बन्देज लगाउने अधिकारीले विवेक देखाऊन् । भिड नहुने व्यवसाय चलाउन नदिएर सङ्क्रमण रोकिने होइन । मानिसका बीचमा कम सम्पर्क हुने अनलाइन कारोबार रोक्ने निर्णयको औचित्य कहिल्यै पुष्टि हुँदैन । यसैले त सर्वोच्च अदालतले पनि खारेज गरिदियो नि ।
 
नियम जस्ले बनाए पनि र जस्तो बनाए पनि कार्यान्वयनमा त नेपाल प्रहरी नै अगाडि सर्ने र पर्ने हो । यसैले अब प्रहरीका जवान र अधिकृत सबै सक्रिय त बनून् तर अभद्र नबनून् ! जनसाधारणले पाउनुपर्नेभन्दा बढी नै सास्ती त पाइसकेकै छन् । 
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC