site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नेताहरुले इगो त्याग्नुपर्छ’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताएका छन् । पार्टीभित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा अदालत पुगेको भन्दै उनले पार्टी एकताको लागि सर्वोच्चले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पारे ।

नेता विष्टले दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सही भन्ने अडान त्याग्नुपर्ने बताए । उनले प्रतिनिधिसभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ, त्यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्तिबीचको टसल, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिस्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने उनी बताउँछन् । पार्टीको आन्तरिक किचलोमा पार्टीभित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरुले खेलिरहेको उनको भनाइ छ ।

बाहिर भएकालाई पार्टीभित्र ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC