बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इरिनासँग रमाउँदै कान्ये !
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

हलिउड । अमेरिकी र्‍यापर कान्ये वेस्ट र टीभी स्टार किम कार्डसियन सम्बन्धबिच्छेदको प्रक्रियामा छन् । चार सन्तानकी आमा किमले आफ्नो वैवाहिक सम्बन्ध बचाउन धेरै प्रयास गरेकी थिइन् । तर, कान्ये त्यसमा सकारात्मक नहुँदा उनीहरु एकार्कासँग अलग हुन लागेका हुन् ।

भौतिक रुपमा कान्ये र किम अलग नै छन् । गत महिना मात्रै कान्ये आफ्नै उत्पादनको स्नीकर जुत्ताहरु बोकेर किमसँग बसिरहेको घरबाट निस्किएका थिए ।

Duber nepal

Agani Group

यसैबीच, अहिले कान्ये नयाँ प्रेमिका तथा मोडल इरिना शेकसँग देखिन थालेको खबर चर्चामा छ । हालै यी दुई फ्रान्समा पापरजीको क्यामेरामा कैद भएका छन् । उनीहरु त्यहाँ लक्जरी भिल्ला (होटेल) मा बसिरहेको बताइएको छ ।

मोडल इरिना अभिनेता ब्राडली कुपरकी पूर्वपत्नी हुन् । ब्राडली र इरिनाका एक छोरी पनि छिन् । रसियाली मोडल इरिना विगतमा फुटबलर क्रिस्टियानो रोनाल्डोसँग पनि सम्बन्धमा थिइन् ।

फ्रान्स कान्येको मनपर्ने ठाँउ हो । किमसँग पनि उनी धेरै समय फ्रान्समा बिताउने गर्दथे । किमसँगको पहिलो डेट सन् २०१२ मा उनीहरु फ्रान्स नै गएका थिए ।

पापराजीले टाढाबाट खिचेका उनीहरुका केही ब्लर फोटोहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । नवभारत टाइम्सबाट ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्