site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोखरामा सांसदको सिफारिसमा नेतादेखि उनीहरूका आफन्तलाई कोरोनाविरुद्धको खोप
Ghorahi CementGhorahi Cement

पोखरा । गण्डकीको राजनीति उत्कर्षमा पुगेका बेला माओवादी केन्द्रका प्रदेश अध्यक्ष हितराज पाण्डे बुधबार प्रदेशसभा सचिवालयमा आइपुगे । सभामुख नेत्रनाथ अधिकारीको राजीनामाको बहस चलेको र केन्द्रसँग कुराकानी गर्ने जिम्मेवारी पाएका पाण्डे प्रदेशसभा सचिवालयमा आउनुलाई महत्वका साथ हेरिएको थियो । उनले सभामुखलाई पनि भेटे ।

सभामुखको बारेमा माओवादी केन्द्रले केही निर्णय हुनसक्ने अनुमान गरिएको थियो । तर, पछि उनले यसबारेमा केही निर्णय नभएको जानकारी दिए ।

पाण्डे आएको केही बेरमा नै स्वास्थ्य कार्यालय कास्कीको टोली प्रदेशसभा सचिवालयमा आइपुग्यो । ८ भायल भेरोसेलन खोप बोकेर आएको टोलीसँगै पाण्डेको नाम पनि खोप लगाउने सूचीमा थियो । प्रदेशसभा सचिवालयले स्वास्थ्य कार्यालयलाई पठाएको पत्र अनुसार पाण्डेलाई खोप लगाउन माओवादी केन्द्रका सांसद रामजी बराल जीवनले सिफारिस गरेका थिए । तर, आफूले कोरोनाविरुद्धको खोपको पहिलो डोज नलगाएको भन्दै खोप लगाएनन् ।

Agni Group

सरकारले मंगलबारदेखि ६० देखि ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाइरहेको छ । तर, गण्डकीमा यो उमेर समूहमा नपर्नेले पनि खोप लगाएको पाइएको छ । बुधबार सांसदको सिफारिसका आधामारमा ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरूले पहँचका आधारमा खोप लगाएका हुन् । सांसदहरूको सिफारिसमा उनीहरूका आफन्तले खोप लगाएका हुन् । 

Global Ime bank

सांसदका स्वकीय सचिव, ड्राइभर तथा पीएसओलाई खोप लगाउने मापदण्ड बनाएर प्रदेशसभा सचिवालयले जनस्वास्थ्य कार्यालयलाई खोप लगाउनेको सूची बुझाएको थियो । तर, उक्त मापदण्डभन्दा बाहिर गएर काठमाडौँमा रहेका आफन्तदेखि नेताले सांसदको सिफारिसमा खोप लगाएका छन् । 

खोप लगाउनेमा गण्डकीका मात्र नभई काठमाडौँवासीसमेत परेका छन् । सांसद प्रभा कोइरालाको सिफारिसबाट काठमाडौँ निवासी एक किशोरीले खोप लगाइन् ।

तेज कुमारी पौडेल संविधानसभा सदस्य हुन् । उनी पनि गण्डकीका एक सांसदको सिफारिसमा खोप लगाउन प्रदेशसभा सचिवालयमा आइपुगेकी थिइन् । यसबाहेक सांसदका पिए, चालकदेखि आफन्तसमेत आएर वृद्धका लागि भनिएको खोप लगाए ।

स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विष्णु पौडेलकाअनुसार ४२ जनाले दोस्रो डोज र ४५ जनाले पहिलो डोज खोप लगाएका छन् । 

सांसदले पहुँचका आधारमा आफन्तलाई बोलाएपछि खोप लगाउन केन्द्रबाट खटिएकी नर्सले आक्रोश पोख्दै थिइन् ।

प्रदेशसभा सचिवालयले सांसदसहित ६२ जनाको नामसूची पठाएको थियो । तर, ६२ जनाको नामावली गएपनि पछि सांसदले नै आफन्तहरूलाई बोलाएपछि स्थिति भद्रगोल बनेको थियो ।

सचिवालयका अनुसार २० जना सांसद र सचिवालयका ३ कर्मचारी तथा २ मर्यादापालकले खोप लगाएका छन् । 

एमालेका सांसद कृष्ण थापाले चाहिँ सांसदका छोराछोरी आएर लगाउनुले गलत सन्देश जाने भन्दै सचिवालयका सचिव हरिराज पोखरेलसँग असन्तुष्टि पोखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC