site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ईश्वर पोखरेलको निष्कर्ष : अब माधव नेपाल फर्कंदैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ पार्टी नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल एमालेमा फर्कने सम्भावना नरहेको निचोड सुनाएका छन् । अनेरास्ववियुले विद्यार्थी फाँटका इन्चार्ज बनेका खिमलाल भट्टराईको स्वागत गर्न पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले नेपालसहितका नेता एमालेमा फर्कने सम्भावना नरहेको बताएका हुन् ।

“मैले पनि विभिन्नपटक उहाँसँग छलफल गरेँ । धेरैपटक एक्लाएक्लै वार्ता, संवाद भयो । तर, उहाँ पार्टीमा फर्कने सम्भावना देखिन,” महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै अनेरास्ववियुका अध्यक्ष ऐन महरले बाह्रखरीसँग भने, “तर, उहाँसँग रहनुभएको केही साथीहरू भने सकारात्मक हुनुहुन्छ । उहाँहरूसँग नियमितजसो कुराकानी पनि भइरहेको छ । उहाँहरूलाई फर्काउन हामीले संवाद जारी राख्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

पोखरेलले पार्टी अध्यक्ष केपी ओली र आफूले धेरैपटक कोसिस गर्दा पनि पार्टी एकता गर्न नसकिएको र त्यसमा माधवकुमार नेपालको कुण्ठा, द्वेष र बदला भाव बाधक रहेको निष्कर्ष सुनाएका थिए ।

“उहाँमा व्यक्तिगत कुण्ठा देखिन्छ । विशेषतः पार्टी अध्यक्ष केपी ओलीमाथि । त्यसैले एकता गर्न दिइरहेको छैन । हामीले एकताका लागि कोसिस भने छाड्न हुँदैन,” पाेखरेलकाे भनाइ उद्धृत गर्दै महरले भने ।

Global Ime bank

उनले अनेरास्ववियुलाई क्रियाशील तुल्याउन र चुनावलक्षित गरेर देशव्यापी संगठन विस्तार गर्न निर्देशन पनि दिएको महरले बताए । “संगठनको काम व्यवस्थित गर्नुस् । नियमति प्रशिक्षण आदि कार्यक्रम सञ्चालन गरेर क्रियाशील तुल्याउनुस् । पार्टीले आवश्यक सहयोग गर्छ,” पोखरेलको निर्देशन रहेको महरको भनाइ थियो ।

कार्यक्रममा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC