site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चार सदस्यीय एमिकस क्युरी बनाइने, बहसका लागि समय तोकियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा निवेदक पक्षका र विपक्षका तर्फबाट गरी ३० घण्टा समय तोेकेको छ ।

“इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कुल तीन घण्टा समय गरी १५ घण्टा बहसका लागि समय प्रदान गरिनेछ । सरकारी वकिलहरुसहित प्रत्यर्थीहरु तर्फका सबै कानुन व्यवसायीका लागि कुल १५ घण्टा मात्र कार्य समय (बहस समय) प्रदान गरिनेछ,” आदेशमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अदालतको सहयोगीका रुपमा उपसिथ्ति हुने कानुन व्यवसायी अर्थात् एमिकस क्युरी चारजना राखिने छ । उनीहरुका लागि बढीमा दुईघण्टा समय उपलब्ध हुने छ ।

“अदालतको सहयोगीका रुपमा उपस्थित हुनुहुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनाको लागि कूल दुई घण्टामात्रै बहसका लागि समय प्रदान हुनेछ,” आदेशमा भनिएको छ, “रिट निवेदक तथा प्रत्यर्थीहरुका तर्फबाट बहसका लागि उपस्थित हुनुहुने कानुन व्यवसायीहरुले उपरोत्त अनुसार निर्धारित समय–सीमाभित्र बहस कार्य सम्पन्न गर्नका लागि सर्वोच्च अदालत नियमावली, २०७२ को नियम २१ को उपनियम (१०) बमोजिम प्रमुख कानुन व्यवसायी र अन्य कानुन व्यवसायीको संख्या, बहस गर्ने बुँदा एकीन गर्ने र उपरोक्त समय–सीमाभित्र सीमित रही आपसमा समय विभाजन गरी बहस व्यवस्थापन गर्नेलगायतका कुराहरु सम्बन्धित पक्षका कानुन व्यवसायीहरु स्वयम्ले नै आपसमा समन्वय कायम गरी एकिन र व्यवस्थित गर्नुपर्ने कुराको जनाउ सम्बन्धित पक्षहरुलाई दिनू ।”

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC