देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो साता कर्णाली प्रदेशका गाउँ–गाउँमा लक्षणसहितका कोभिड संक्रमित बढ्दै गएको जनाएको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३५३ को परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
कर्णालीका गाउँहरूमा संक्रमितको संख्या बढ्दै गएकाले कोभिडसम्बन्धी कुनैपनि लक्षण देखिएमा परीक्षणको दायरामा आउन स्वास्थ्य मन्त्रालयले अनुरोध पनि गरेको छ ।
पछिल्लो २४ घण्टामा बढी संक्रमित देखिनेमा कर्णाली (४४. ५) पछि सुदूरपश्चिम (३७.५) र गण्डकी (२९.६) प्रतिशत प्रदेश छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८ १७:४१
प्रतिक्रिया दिनुहोस्