site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिकेट खेलाडीले अब हरेक एकदिवसीय खेल्दा १० हजार पाउने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक एकदिवसीय खेलबापत जनही १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेको हो । कार्यविधि पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले भत्ता पाउने तय भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ कार्यविधिअनुसार अब पुरुष खेलाडीले प्रतिएकदिवसीय खेलबापत १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष रोशन सिंहल बताए ।

क्यानले सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समिति सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।

Global Ime bank

त्यस्तै, महिला टोलीका खेलाडीले एकदिवसीयबापत पाँच हजार र टी–ट्वान्टीबापत जनही तीन हजार पाउने कोषाध्यक्ष सिंहले जानकारी दिए ।

क्यानको नयाँ कार्यविधिमा प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्चबापत तीन लाख र एक लाख रुपैयाँ दिइने उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC