site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदको माग सम्बोधन हुन्छ : मुख्यमन्त्री राउत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सम्बन्धमा प्रदेश सांसदहरुको माग सम्बोधन हुने आश्वासन दिएका छन् । चालु आर्थिक वर्षमा स्थानीय तहलाई दिइने सर्सत अनुदानको विवादमा सांसदहरुको माग सम्बोधन हुने उनले बताएका हुन् ।

सांसदको योजना समावेश गर्न कमजोरी भएको स्वीकार गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा यसप्रकारको कमजोरी नहुने बताए । सर्सत अनुदानको रकम र योजना कार्यकर्तामुखी नभएको र स्थानीय तहमा कार्यकर्ताको हिसाबले नगएको उनले प्रष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारबाट त्रुटि भएको छ । हामी यसलाई सुधार गर्छौँ,” मुख्यमन्त्रीले प्रदेशका अर्थमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, “सकिन्छ भने चालु वर्षमा पनि सुधार गरौँ, होइन भने अगामी वर्षदेखि त्यसप्रकारको गल्ती नदोहोर्‍याऊँ ।”

मंगलबार विपक्षी तीन दलका प्रदेशसभा सदस्यले त्यस सम्बन्धमा मुख्यमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरेका थिए । बुधबार मुख्यमन्त्रीले जवाफ दिएपछि प्रदेशसभा बैठक सुरु भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC