site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशमा पनि सहुलियतमा उपभोग्य वस्तु उपलब्ध गराउन सांसदको माग
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ का सांसदले सरकारले महामारीसँग जुध्न स्पष्ट खाका तयार गरी अधुरा विकासलाई समेत अघि बढाउन सुझाव दिएका छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले सरकारले जनताको नजिक गएर काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसकी सांसद कल्पना सरदारले कोरोना महामारीका बेला अलि जिम्मेवार भई काम गर्न सुझाव दिइन् । भनिन्, “उपचार र राहतमा समेत सरकारले ध्यान दिनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (माओवादी केन्द्र)की सांसद कुसुम श्रेष्ठले सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन प्रदेश सरकारले पहल लिनुपर्ने बताइन् । संघीय सरकारले निषेधाज्ञाका बेला सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न पाउने प्रबन्ध गरेकोले प्रदेश सरकारले पनि गर्नुपर्ने उनले बताइन् । भनिन्, “काठमाडौंमा मात्र होइन, प्रदेशभर सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न जनतालाई राहत दिइनुपर्छ ।”

कांग्रेस सांसद चुमनारायण तवदारले बूढीगंगा गाउँपालिकामा सिंघिया खोलाको बाढीको भेल पस्ने र कटान गर्ने सम्भावना देखिएकोले तटबन्धनको लागि छुट्ट्याएको बजेटको सही सदुपयोग गर्नुपर्ने बताए । भने, “जहाँ बजेट चाहिने हो त्यहीँ बजेट दिइनुपर्छ । सरकारबाट निर्देशन भए पनि समन्वयको अभावमा काम चुस्त रुपमा अघि बढ्न सकेको छैन ।”

Global Ime bank

नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले अध्यादेशमार्फत ल्याएको संघीय बजेटजस्तै प्रदेशको बजेट पनि कार्यान्वयनमा चुनौती देखिने गरेको बताए । कार्कीले प्रदेश सरकारप्रति जनताको बढी आशा र भरोसा भए पनि सरकारले त्यही ढंगेले काम गर्न नसकेको बताए ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद राधा थापाले कोरोनाको विषयमा जनचेतना दिलाउन बढी आवश्यक भएको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC