site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काम गर्न नसक्ने भए गर्नेलाई नेतृत्व छाडिदिन मुख्यमन्त्री राईलाई विपक्षीको आग्रह
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेसका सांसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको सरकार आश्वासनको पुलिन्दाले मात्र भरिएको आरोप लगाए । “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ । मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ । बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

जनतलाई चाहिने आवश्यकताका बेला पनि सरकार नभेटिएको अनि गाउँ गाउँमा सिंहदरबार आयो भनिए पनि प्रदेश–१ का मन्त्रीहरुका लागि कार्यालय र आवास बनाइए पनि सबै मन्त्री काठमाडौंमै व्यस्त हुने गरेको उनले बताए । भने, “मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनपर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ ।”

कार्कीले विराटनगरमा १० दिनमा कोरोना अस्प्ताल बनाएको भनेर दाबी गरिए पनि त्यो बन्द रहेको बताए । “९६ वटा बेडको नगारिक केयर सेन्टर जनताको पहलमा बनेको हो । सरकारले नाक घोक्र्याएको छ । बनाएको भए ८० बेडको अस्पताल किन बन्द छ ?,” कार्कीले भने,“ झापामै होम आइसोलेसनमा बिरामी मर्न लागेपछि बीएन्डसीमा लिएर जाँदा भर्ना लिएन, फर्काएर ल्यायो, मान्छे मर्‍यो । रेम्डेसिभिरमा डाक्टर र मानिस मिसेर कालोधन्दा भइरहेको छ । सामाजिक विकास समितिले अनुगमन गरेको छ । तर, सांसदलाई अनुगमन गर्न लगाउने अनि सरकार भाग्ने ?”

Global Ime bank

मुख्यमन्त्री राईले सांसद र जनतालाई ठगेको उनको आरोप छ । कोरोनाको उपचारका लागि छुट्ट्याएको ५० करोड रकम कहाँ गयो ? भन्दै उनले निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनुपर्ने अवस्था रहेको जिकिर गरे । जनतालाई घरभित्र थुनेर सरकारले अनलाइनकक्षाको सपना बाँड्ने काम गरेको उनको भनाइ छ । भने, “बरु, खोप किन्ने प्रस्ताव गर्नुहोस् । शिक्षक र विद्यार्थीलाई खोप हान्न किनेर ल्याऊँ । तर, प्रदेशसभामा आएर झुट नबोल्नुहोस् ।”

सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै जनताले पाउने तथा महसुस गर्ने गरी बजेटको किताब बोकेर आउन उनले सुझाव दिए । “हामीले सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ । कसले कुन बजेट ल्यायो थाहा छैन, तर सरकारले ल्याएको हो । यो बजेट हावाको पोका हो । टिक्दैन भनेको त्यो पनि टिकेन,” कार्कीले भने, “सरकारले प्रशंसा मात्र खोज्नु हुन्न । प्रतिपक्षले गहन अध्ययन गरेर सुझाव दिएको रहेछ भन्ने ग्रहण गर्नुपर्छ । बजेट र विकास मन्त्रीका क्षेत्र, टोल र घरअगाडिको नालाबाहेकमा पुग्न सकेन ।”

प्रदेशसभामा बुधबारदेखि विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC